मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै कम्पनीले गत अर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

आइसिएफसि फाइनान्सले वितरण गर्‍यो नगद लाभांश

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले यस वर्षको ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । साधारण सभा सम्पन्न भएको दिनदेखि नै कम्पनीले सम्बन्धित शेयरधनीले हितग्राही खातामा उल्लेखित बैंक खातामै नगद लाभांश वितरण गरेको हो । हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यलाई यथाशीघ्र अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले आग्रह गरेको हो । पुस १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा चुक्ता भुक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका छन् ।

गुडविल फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको जानकारी दिएको छ ।

प्रोग्रेशिभ फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफाबाट यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

आइसिएफसि फाइनान्सले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० सम्मकाे मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने भएको छ । मङ्सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको आधारमा ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पोखरा फाइनान्सको लाभांश पारित

पोखरा फाइनान्सले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । फाइनान्सको २६औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ०.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी १.०८ अर्ब पुगेको बताइएको […]

बेस्ट फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, १७ फागुन । बेस्ट फाइनान्सले चैत ४ गतेका लागि साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ । तर, कम्पनीले यस वर्षपनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

गुडविल फाइनान्सको १२% लाभांस पारित

गुडविल फाइनान्सले सेयरधनीहरुलाई ३.६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । फाइनान्सको २६औं वार्षिक साधारण सभाले २०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आवको नाफाबाट ८.४ प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा २३.१८ प्रतिशतले वृद्धि भएको र कर्जा तर्फ १५.८८ प्रतिशतले […]