दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

सम्बन्धित सामग्री

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १६, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ । प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन हो । यी तीन ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवारदेखि बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  प्रभु इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा हुने जानकारी दिएको छ ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा हुने जानकारी दिएको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तले गत आवसम्मको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २७ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बनेपा पार्टी भेन्यू, बनेपा-८, काभ्रेपालञ्चोकमा हुने जानकारी दिएको छ ।

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउने छन् । हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ […]

यी २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस २१ गते बुधबार २ वटा फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अनतिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले २०७७/०७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई हाल कायम चुक्तापुंजीको ११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ७।७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।३० प्रतिशत नगद लाभांश रहेको छ। फाइनान्सले हाल कायम चुक्तापुंजीको ७।७० प्रतिशतले हुन आउने ६ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३।३० प्रतिशतले हुन आउने २ करोड ९३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छहो। साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा डाकेको छ ।

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुुस १३, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने दिन आज अर्थात् मंगलवार रहेको हो । नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १४ गते (एक दिन) बन्द गर्ने भएकाले मंगलवारसम्म  कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।  यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान-१ सुनसरीमा साधारण सभा गर्ने जानकारी दिएको छ ।

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।    विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।     महुली लघुवित्...

तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस ११, काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक, महुली लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।  एनसीसी बैंकले पुस १२ गते एक दिन बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ ।  त्यसैगरी मुहली लघुवित्त वित्तीय संस्थाले पुस १२ गते बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।  कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण-६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । त्यसैगरी विजय लघुवित्त वित्तीय संस्थाले पुस १२ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा गैडाकोट रिसोर्ट गैडाकोट-५, नवलपरासीमा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर १३, काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (सोमवार) अन्तिम दिन रहेको छ । मेगा बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार (मंसिर १४ गते) बुक क्लोज गर्ने भएसँगै आज (मंसिर १३ गते) सम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । मेगा बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २८ गते साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:१५ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो । त्यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभा बिहान १० बजे होटल पोखरा ग्राण्ड, पोखरा, पार्दीमा गर्ने जानकारी गराएको छ ।

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]