मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ – मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको २४ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस र करसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले […]

सम्बन्धित सामग्री

२ हजार विन्दु तल झर्‍यो नेप्से, कारोबार रकम पनि निरन्तर घट्दो

काठमाडौं । धितोपत्र दोस्रो बजारको सम्पूर्ण कारोबार मापक नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९९० दशमलव ५९ विन्दुमा बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार १३ दशमलव ९३ विन्दुमा थियो । गत साताभन्दा यो साता नेप्से परिसूचक २३ दशमलव ३४ अंक घटेको हो ।  यो साता एक कारोबार दिन सार्वजनिक बिदा पर्दा चार कारोबार दिन मात्र बजार खुला भएको थियो । साताको पहिलो कारोबार दिन २० दशमलव ५४ अंकले घटेको बजार दोस्रो कारोबार दिन भने ५ दशमलव शून्य ९ अंकले बढेको थियो । त्यसपछि तेस्रो कारोबार दिन ५ दशमलव शून्य ५ अंकले घटेको बजार चौंथो दिन २ दशमलव ८२ अंकले घटेको हो ।  नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८५ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३८५ दशमलव ५६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा झरेको हो । लाभांशको सिजन शुरू भइसकेको छ । केही म्युचुअल फण्डहरूले लाभांश वितरण गरिसक्दा वाणिज्य बैंकतर्फको एक कम्पनी माछापुच्छ्रे बैंकले समेत लाभांश घोषणा गरिसकेको छ । माछापुच्छ्रे बैंकले गत वर्षकै अनुपातमा कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये १३ दशमलव ७० प्रतिशत बोनस र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश सिजन शुुरू भइसक्दा निकै कम मूल्य कायम भएका कम्पनीको शेयर खरीदप्रति अझै लगानीकर्ताको मन नलागेको अवस्था छ । यतिबेला हकप्रद शेयरहरू समेत निष्कासनमा रहेकाले कतिपय लगानीकर्ता हकप्रदका लागि दोस्रो बजारबाटै रकम जोहो गरिरहेकाले पनि बजार प्रभावित भएको हुनसक्ने अनुमान ब्रोकरहरूले लगाएका छन् । यतिबेला बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम भए पनि चर्को ब्याजका कारण लगानीको माग नभएको लगानीकर्ताहरू बताउँछन् । तरलता बढी भएको अवस्थामा ब्याजदर घट्नुपर्ने लगानीकर्ताहरूको माग छ । यो साता एक दिन कम कारोबार भए पनि कारोबार रकम औसतमा घटेको छ । गत साता औसतमा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको ४७ लाख ९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको ३८ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताको तुलनामा औसतमा कारोबार रकम ३८ करोड ८३ लाख रुपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने ८ लाख ६५ हजारभन्दा बढीले घटेको छ । यो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १ करोड ५३ लाख ७५ हजार कित्ता धितोपत्र कारोबार भएको हो । गत साता भने ७ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको २ करोड ३५ लाख ४८ हजार कित्ता धितोपत्र कारोबार भएको थियो । चार कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति मूल्य ३४ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पू्ँजीकरण यो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रुपैयाँमा झरेको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । व्यापारिक समूहको परिसूचक १.१७ प्रतिशत बढ्यो यो साता घटेको बजारमा व्यापारिक, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक भने बढेको छ । व्यापारिक समूहको १ दशमलव १७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत बढेको हो ।  यो साता जलविद्युत समूहको परिसूचक भने सर्वाधिक २ दशमलव ६५ प्रतिशत घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ५ प्रतिशत, अन्यको १ दशमलव ९५ प्रतिशत, लघुवित्तको १ दशमलव ५५ प्रतिशत, वित्तको १ दशमलव ४६ प्रतिशत, जीवन बीमाको १ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५५ प्रतिशत, बैंकिङको शून्य दशमलव ५४ प्रतिशत र लगानीको शून्य दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

४ ओटा वित्त कम्पनीको लाभांश घोषणा, कुन - कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

मंसिर २४, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट चार ओटा वित्त कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । मञ्जुश्री फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आइसिएफसि फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी चार कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्सले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुस ५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । बाँकी तीन कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । यी चार कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ७० प्रतिशत बोनस शेयर ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

मन्जुश्री फाइनान्सको लाभांश घोषणा

मन्जुश्री फाइनान्स Manjushree Finance  ले  लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४० प्रतिशतले हुन् आउने ३८ करोड ६१ लाख ५७ हजार ९ सय ५३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख २३ हजार ६ सय ९३ रुपैयाँ ५२ पैसा  नगद गरि कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ५३ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।