शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । ‘शिक्षक अस्पतालका लागि