काठमाण्डाै - शिक्षक अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति गठन भएको छ । हिजो बसेको मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न डाक्टर विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्य अवधि तोकिएको सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । जग्गा व्यवस्थापन हुने बित्तिकै अस्पताल निर्माणको काम अघि बढ्ने सचिव थपलियाले बताउनुभयो ।
मुख्यगरी काठमाण्डौ, चितवन लगायतका सहरी क्षेत्रमा जग्गा खोज्ने कामलाई प्...