सफल उद्योगी तथा समाजसेवी गोपाल हमालले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । आफू निर्वाचित भएमा विनापारिश्रमिक उपमहानगरबासी जनताको सेवामा तल्लिन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।