देशको संघीय राजधानी काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने गरि भगवानका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर, पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिर