भीमफेदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पुनः उम्मेदवार बनाउँदै एमाले

हेटौँडाः नेकपा (एमाले) ले आउँदो स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्ष दुबैलाई पुनः उम्मेदवार बनाउने भएको छ। अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई दोहोर्‍याउने निर्णय एमालेले गरेको हो। एमाले गाउँ कमिटी बैठकले सर्वसम्मत सो निर्णय गरेको हो। २०७४ मा लामाले कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार…

सम्बन्धित सामग्री

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन्। तनहुँका केही पालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन्। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको […]

एमाले भोजपुरले टुङ्गो लगायो तीन स्थानीय तहको उम्मेदवार

भोजपुर : नेकपा एमाले भोजपुरले  तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख सर्वसम्मत उम्मेदवार तय गरेको छ।भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका सम्बन्धित कमिटीले आइतवार प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उपप्रमुख सर्वमम्मत  छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए।एमालेले भोजपुर नगरपालिकाको मेयरमा भरतकुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि बढाएको छ। त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष ध्रुवराज राईलाई पु

इटहरीका मेयर द्वारिकलाल चौधरीलाई पुनः उम्मेदवार बनाउन एमालेको सिफारिस

उम्मेदवार छनौट सिफारिस समितिको बैठकमै अनुपस्थित भएपछि छुटेका इटहरीका मेयर द्वारिकलाल चौधरीलाई एमालेले पुनः उम्मेद्वार सिफारिस गरेको छ । यसअघि एमाले इटहरी नगरसमितिले सिफारिस गरेको नाममा द्वारिकलालको नाम थिएन । प्रदेश समितिको सचिवालय बैठकले उनको नाम पुनः समावेश गर्न आग्रह गरेपछि उनको नाम समावेश भएको एमाले स्रोतले जनाएको छ । यसअघि सिफारिस भएका नामहरूमा एमालेका केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सु

एमालेले विद्यासुन्दर शाक्यको पाँच वर्षको कामको मूल्याङ्कन गर्ने

नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गर्ने भएको छ । आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले रातोपाटीलाई जानकारी दिए ।  उनले भने– ‘काठमाडौं महानगरमा को मेयरको उम्मेदवार हुने भन्ने सन्दर्भमा विद्यासुन्दरजीले ५ वर्षमा गरेको कामको हामी मूल्याङ्कन गर्छौँ । त्यस

‘निर्दलीय उम्मेदवारलाई धनगढीको मेयर जिताए विकास धरापमा पर्छ’

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरू आन्तरिक हिसाब किताबमा व्यस्त छन् । प्रदेशका ८८ वटा स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । सुदूरपश्चिममा मुख्यतः काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी आन्तरिक रणनीति निर्माण गरिरहेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधि पुनः उम्मेदवार बन्ने दौडमा छन् । उनीहरूको दैनिकी नै अचेल पार्टीको नेतृत्व र मतदाता रिझाउनेमा केन्द्रित छ ।सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीका मेयर नृपबहादुर वडको दैनिकी पनि माथि उल्लेखित भन्द

राष्ट्रपतिको उम्मेदवार चयनका लागि एमाले स्थायी कमिटीको बैठक बस्दै

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ। बैठक मंगलबार अपरान्ह ४ बस्ने पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिए। निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या…

वाम गठबन्धनबाट राष्ट्रपतिमा तीन आकांक्षी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। प्रधानमन्त्री ओली र…