वाम गठबन्धनबाट राष्ट्रपतिमा तीन आकांक्षी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। प्रधानमन्त्री ओली र…

सम्बन्धित सामग्री

उपनिर्वाचन : तनहुँ–१ मा कुन दलका को-को छन् आकांक्षी ?

दमौली - तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो ।  क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको ...

गठबन्धनमा सबै आकांक्षी भएपछि मन्त्रालय भागबण्डा कठिन

काठमाडौं : फागुन १३ र १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा एमालेले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए। नेकपा माओवादी केन्द्र एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० को सहमति तोडेपछि दुवै दलले सरकार छोड्ने निर्णय गरे। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ भन्दै फागुन १२ गते कांग्रेससँगको पुरानै गठबन्धन ब्यूँताएपछिको दुवै दलले सरकारबाट बाहिरिने निर्णय गरे। तर, नयाँ समीकरण बनेको १८ दिन बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सके

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड

नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे ।कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ ।कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कल

राष्ट्रपतिमा गठबन्धनभित्रै लफडाः तीन जनाको दावी, कस्ले मार्ला वाजी ?

निर्वाचन परिणाम सार्वजनिक भएसँग सरकार गठनको तयारी तिव्र रुपमा अगाडि वढेको छ। यति मात्रै होईन, फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले दौडधुप सुरु गरेका छन् । सरकार गठन नहुँदै राष्ट्रपति ...

राष्ट्रपतिमा गठबन्धनबाटै ‘तेहेरो’ दाबी, कसले मार्ला बाजी ?

फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् ।अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।पौडेल र खनालले राष्ट्रपतिका ल

राष्ट्रपतिमा पहिलेपनि आकांक्षी थिइनँ र अहिलेपनि छैन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला गोरखामा छन् । गोरखा–२ मा प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार फणीन्द्र देवकोटालाई भोट माग्न घरदैलो अभियानमा छन् । सोमबार बिहान पालुङ्टार नगरपालिका–१, खोप्लाङमा मतदातासँग घरदैलो गरिरहेको अवस्थामा डा. भट्राईसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको संक्षिप्त कुराकानीःतपाईं

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन्।  आयोगले २९ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरुले 'लबिङ'...

राष्ट्रपतिमा भण्डारीलाई दोहोर्याउने तयारी

नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा एकपटक भण्डारीलाई नै दोहोर्याउनुपर्ने पक्षमा देखिएका छन् । “पार्टीभित्र अन्य आकांक्षी पनि छन् । तर एकपटक उहाँ (भण्डारी) नै दोहोरिनुहुन्छ,” ओली निकट एक नेताले भने, “उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैले उहाँ नै फेरि राष्ट्रपति बन्नुहुन्छ ।”