नेपालका प्रमुख रोजगार गन्तव्य मलेसिया र खाडी राष्ट्रका सबै नेपाली नियोगहरूले मागपत्रको प्रमाणीकरणलाई अनलाइन प्रणालीमा अपग्रेड गरेका छन् । सरकारले जनवरीबाट लागू गरेको मागपत्र प्रमाणीकरणलाई वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (एफईएमआईएस) मा जोडेर सबै नियोगहरू अनलाइन प्रणालीमा स्तरोन्नति भएका हुन् ।