वैशाख महिनामा मूल्यवृद्धि दर करिब ८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वैशाख महिनामा विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३.६५ प्रतिशत थियो ।