काठमाडौं : वैशाख महिनामा मूल्य वृद्धिदर करिब ८ प्रतिशत पुगेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि दर ७ दशमलव ८७ प्रतिशत रहेको छ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत रहेको थियो। गत दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ४५ प्रतिशत रहेको छ।२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ स