सुध्रिएन मुलुकको अर्थतन्त्र – मूल्यवृद्धि ८ प्रतिशत, व्यापार घाटा १७ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैकले मंगलबार मुलुकको आर्थिक अवस्थाको नकारात्मक तस्वीर सार्वजनिक गर्‍यो । हरेक महिना सार्वजनिक गर्ने मुलुकको आर्थिक प्रतिवेदन विगत दुई वर्षदेखि आशा जगाउन सकेको छैन । मंगलबारको प्रतिवेदनले असार महिनामा मूल्यबृद्धि ८ प्रतिशत बढी भएको र वस्तु व्यापार घाटा १७ खर्ब २० अर्ब ४२ करोड पुगेको जनाएको छ । विश्वव्यापी भएको इन्धन […]

सम्बन्धित सामग्री

वर्षमा झन्डै डेढ करोडको सिन्काले दाँत कोट्याउँन्छन नेपाली

काठमाडौं, साउन १३ । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको […]

अर्थतन्त्र सुधारका लागि आर्थिक सचेतना

मुलुकको अर्थतन्त्र कहालीलाग्दो छ । बढ्दो वैदेशिक व्यापार घाटा, उच्च बेरोजगारी दर, बजेटको पुँजीगत खर्चको कमजोर कार्यान्वयन दर तर बढ्दो साधारण खर्च, बजारमा आयातीत उपभोग्य वस्तुको प्रभुत्वले सार्वजनिक ऋणको भार प्रतिदिन बढ्दै...

मुलुकको अर्थतन्त्र प्रति राष्ट्रपति भण्डारीको चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान अर्थतन्त्रमा समस्या आएको भन्दै चिन्ता प्रकट गरेकी छिन् । बिहीबार बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् । “अहिले मुलुकको अर्थतन्त्र समस्यामा देखिएको बुझेकी छु । व्यापार घाटा बढिरहेको, आयात बढिरहेको र […]

समस्यामा अर्थतन्त्र, बाँड्न प्रतिस्पर्धा

काठमाडौं, जेठ १९ । समस्यामा भएको अर्थतन्त्रलाई आत्मनिर्भरताको बाटोतर्फ लैजानुपर्नेमा संघीय सरकारदेखि गाउँपालिकासम्मका जनप्रतिनिधिले सरकारी ढुकुटी वितरणमा प्रतिस्पर्धा गरेका छन्। संघीय सरकारले यही जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट आउने निर्वाचन ९प्रतिनिधि तथा प्रदेशसभा० लाई लक्षित गरी मतदाता रिझाउने हिसाबले वितरणमुखी बनाइएको छ। अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ। आयात चुलिएको छ। व्यापार घाटा […]

मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा छैन, केहि समय धैर्य गरौं : गभर्नर

वैशाख २१, काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नभएको बताएका छन् । साथै उनले अर्थतन्त्र रहे मात्रै व्यापारीहरुले व्यापार गर्न पाउने भएकाले केही समय सबैले धैर्य गर्नुपर्ने पनि बताएका छन् ।  बुधवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । बैंकिङ प्रणालीमा तरलता अभावको कारण ब्याजदरमा असर परेको भन्दै उनले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत २ प्रतिशतले रेट बढाएको बताए । गभर्नर अधिकारीले व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नु पर्ने अवस्था भने रहेको बताए । उनले सरकारले आयातमा रोक लगाएको नीति सँधैको लागि नभएर छोटो समयको लागि भएको बताए ।  उनले आर्थिक वर्षको शुुरुवातमा कर्जा बिस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताए । उनले १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पुरा गर्न थप २ खर्ब रुपैयाँ ऋण बैंकहरुले बिस्तार गर्नुपर्ने अवस्था रहेको पनि बताए ।  गभर्नर अधिकारीले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले अवको दुई महीनामा २ खर्ब रुपैयाँ लगानी विस्तार हुन नसक्ने स्पष्ट पारे  । उनले मुलुकमा चालू आर्थिक वर्षमा अत्यधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको बताए ।  गभर्नर अधिकारीले बजारमा तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले अहिलेसम्म एसएलएफ र अरु उपकरण प्रयोग गरेर झन्डै ६६ खर्ब रुपैयाँ प्रवाह गरेको बताए । अहिले अर्थतन्त्रमा देखिएको चुनौती आत्याधिक आयात,उच्च कर्जा विस्तार र बजारमा तरलतामा परको चापको कारण देखिएको उनको भनाइ छ । त्यस्तै,उनले विदेशबाट आउने रेमिटेन्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको बताए । अनुदान तथा सहुलियत दिएर रेमिटेन्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिटेन्स आउन नसक्ने उनको भनाइ छ । अहिले माल्दिभ्स, कतार र कोरियाले समेत विदेशी मुद्रा पठाउन नसक्ने अवस्थामा रहेकाले रेमिटेन्स भित्र्याउन नेपालले जति नै योजना बनाए पनि काम नगर्ने उनले बताए ।

पूर्व अर्थमन्त्रीहरुद्वारा मुलुकको अर्थतन्त्र खस्किन नदिन ध्यानाकर्षण

चैत २७,  काठमाडौं  । पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।             आइतवार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।        उनीहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महीनामा करीब १५ खर्ब रुपैयाँ पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा २२ खर्ब  रुपैयाँभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गरिएको छ ।        हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा २० खर्ब रुपैयाँ नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन् ।             उनीहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गरेका छन् ।

मुलुकको अर्थतन्त्र संकटतर्फ : अध्यक्ष ओली

पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख रहेको बताउनुभएको छ । बढ्दो महंगी र व्यापार घाटा चुलिदै गएकाले मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको उहाँले चर्चा गर्नुभयो ।

निजी क्षेत्र निराश

मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएका कारण उद्योगी तथा अर्थविद्हरूले तत्काल सुधारका उपाय खोज्न सुझाएका छन् ।बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘संकटउन्मुख अर्थतन्त्रको सुधार र दिगो पुनरुत्थान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थविद् तथा उद्योगीहरूले अर्थतन्त्रका सबै सूचकहरू नकारात्मक भएको तथा सरकारी संयन्त्र पनि अस्थिर नीतिले ग्रस्त भएका कारण मुलुकमा व्यापार घाटा बढ्दै गएको, रेमिट्यान्समा […]

व्यापार घाटाले मुलुकको अर्थतन्त्र नाजुक

काठमाडौं । सरकारले तरलता अभाव जनाउँदै बिलासिताका सामान आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान सारेको भए पनि आयातमा भने उक्त कदमको प्रभाव देखिएको छैन । अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले व्यापार घाटा कम गर्न आयातको पुनरावलोकन गरिएको, असोज महिनामा चाँदीको भन्सार दरमा समायोजन गरिएको, नेपाल राष्ट्र बैंकले विलासिताका सामानमा धरौटी वृद्धि गरेको,चालू आर्थिक […]

मुलुकको अर्थतन्त्र संकटोन्मुख, एक महिनामै एक खर्ब ५४ अर्ब ७० करोड व्यापार घाटा

काठमाडौँ – पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ। चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र संकटोन्मुख देखिएको हो। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तीय सूचकहरु सकारात्मक देखिएको छ। राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिति निकै नै डरलाग्दो अवस्था ओरालो लागेको […]