आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं।चैतमा मूल्यवृद्धि ८ प्रतिशत बराबर मूल्यवृद्धि हुँदा खाद्यान्न र मसलाको मूल्यवृद्धि सबैभन्दा धेरै भएको छ। रोजगारीको खोजीमा विदेशिनेको संख्या ५१ प्रतिशतले वृद्धि भएको छ। गएको ९ महीनामा नेपालीले विदेश घुमेर साढे २४ अर्ब रुपैयाँ खर्च गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाही गर्न निर्देशन दिएको छ।