सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । लामो समयसम्म निरन्तर ओरालो लागेको नेप्सेले गत आइतबार आफ्नो ओरालो यात्रा ब्रेक गर्दै १०५ अङ्कको छलाङ मारेको थियो । तर, नेप्सेको यो उत्साह एक दिन पनि टिक्न सकेन । मुलुकमा चुनावी माहौल बनेसँगै उकालो लागेको भनिएको नेप्सेमा पुनः दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ । गत आइतबार यस्तो सूचक अधिकतम १०५ अङ्कले बढ्दै २८ सय ८५ विन्दु चुमेको थियो । तथापि, यस दिन यता &lsquo