काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनको नुनको एकाधिकार तोडिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमा निजी क्षेत्रलाई समेत नुन ल्याउने बाटो खुला गरेको हो।
लामो समयदेखि नुन कारोबारमा निजी क्षेत्र सहभागी गराउन लबिङ भए पनि अहिलेको बजेटबाट खुल्ला भएको हो। प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडको दबाबमा निजी क्षेत्रलाई…