सरकार-निजी क्षेत्र सहकार्य

निजी क्षेत्रलाई सरकारले र सरकारलाई निजी क्षेत्रले दोषारोपण गरेर गएमा समस्या झनै बढेर जानेछ । अर्थतन्त्रको महत्त्वपूर्ण सरोकारवाला पक्ष मिलेर यो समस्या समाधान कसरी गर्न सकिन्छ, त्यसमा सहकार्य गर्न जरुरी छ । अहिले निजी क्षेत्र एकदमै अप्ठेरो अवस्थामा छ । उद्यम–व्यवसाय गरेर प्रतिफल लिन सक्ने अवस्था छैन । अप्ठेरो परिस्थितिलाई तत्काल समाधान गर्नका लागि निजी […]

सम्बन्धित सामग्री

सरकार-निजी क्षेत्र सहकार्य छाडेर आमनेसामने

उद्योगी व्यवसायी पक्राउदेखि निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यक्षेत्रभित्र राख्ने विषयले यस वर्ष सरकार र निजी क्षेत्र आमनेसामने भएका छन् ।

‘आर्थिक स्थायित्वका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारका तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ र करको दायरामा आउन निजीक्षेत्र पनि उदार हुनुपर्दछ ।’ मुलुकमा पछिल्लो समय आर्थिक सूचक सकारात्मक भए पनि निजीक्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा उनले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनको भनाइ थियो । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधैं अस्थिर हुने गरेको दाबी छ ।

‘शिथिल अर्थतन्त्र सुधार्नमा सरकार–निजी क्षेत्र सहकार्य’

शिथिल अर्थतन्त्र सुधारमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

सरकार निजी क्षेत्र सहकार्य स् अर्थतन्त्र सुधारको मार्गचित्र

अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोष मानिहाल्ने अवस्थामा छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बाटोतर्फ नै अग्रसर भइरहेको हो कि भन्ने महसुस हुन थालेको छ । विदेशी विनिमय सञ्चिति रु १४ खर्ब नजिक पुगेको छ । व्यापार घाटा […]