न्यायाधीश खतिवडालाई शम्भु थापाको जवाफ– बहुमत हस्ताक्षरसहित देउवाको दाबी छ, यो भन्दा ठूलो आधार के चाहियो ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेकाले यही संसद्बाट ७६ (५)को सरकार बन्न सक्ने अवस्था रहेको जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाको एक प्रश्नको जवाफमा वरिष्ठ अधिवक्ता थापाले यस्तो जिकिर गरेका हुन् । 'अन्तरिम आदेश माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के हो ?' भनी न्यायाधीश खतिवडाले सोधेको प्रश्नको जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने– 'शेरबहादुर देउवा बहुमत सांसदको हस्ताक्षर...

सम्बन्धित सामग्री

एमालेले कांग्रेसलाई फसाउन खोजेको जालमा ठूलो भ्वाङ पर्‍योः गोपालमान श्रेष्ठ

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेललाई राष्ट्रपति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘कांग्रेसले व्यापक छलफल र सर्वसम्मतिपछि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाएको हो । उहाँको जित्ने आधार प्रशस्त छन् । पहिलो त संसदको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । रामचन्द्रजीलाई अरु सात दलको समर्थन छ । […]

चौथो दल बन्न जसपा, एस र लोसपाको प्रतिस्पर्धा

नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पहिलो, दोश्रो तथा तेश्रो दल बन्ने करिब करिब निश्चित छ तर चोथौ ठूलो दल कुन बन्छ भन्ने अझै निश्चित छैन। निर्वाचन पछि जसपा, एस र लोसपाका नेताहरू आफ्नो पार्टी चौथौ दल बन्ने दाबी गर्दै आएका छन्। यो दाबी मात्र हो। यही दल...

भारी अन्तरले चुनाव जित्दैछौँ : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो ।नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।&rsq

निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छ : प्रवक्ता डा. महत

सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गर्नुभएको छ।

चितवनमा फेरि जित्छु : रेनु दाहाल

काठमाडौं : सत्तारुढ गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी छिन्। उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै भएको बताइन्। ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन्, भरतपुरवासीको ठूलो विश्वास जितेको छु। पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन्।'उनले आफूहरु गठबन्धनक

लुम्बिनीका चार उपमहानगरमा तालमेल: भागबण्डा गर्नै सकस

गत स्थानीय तहको निर्वाचनको मतभारलाई आधार मानेर मात्रै चुनावी तालमेल गर्ने सर्त राखेको कांग्रेसले प्राप्त मतभारका आधारमा यी चारै उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने दाबी गरेको छ। गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशका चार उपमहानगरहरु...

कोरोनाका कारण औसत आयुमा कमी, दोस्रो विश्वयुद्धपछि पहिलो पटक यस्तो देखिएको खुलासा

कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित शोधका अनुसार यो दोस्रो विश्वयुद्धपछि एक वर्षभित्र मानिसको आयुमा आएको सबैभन्दा ठूलो गिरावट हो ।वर्ल्डोमिटरका अनुसार संसारभरी २९ सेप्टेम्बरसम्म ४७ लाखको मृत्यु कोभिड–१९ का कारण भएको छ । यसमा पनि अमेरिकामा सबैभन्दा बढी ७.११ लाख मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५.९५ लाख र भारतमा ४.४७ लाखको मृत्यु भ

नयाँ आधार वर्षपछिको अर्थतन्त्र

देशको विकास योजनाका लागि तथ्याङ्कको भूमिका सर्वोपरि हुन्छ । सही तथ्याङ्कको अभावमा सही योजना बनाउन सकिन्न । सही तथ्याङ्कका लागि अध्ययन, अनुसन्धानको संस्थागत गति र प्रक्रियाहरूको विशिष्टता आफैँमा महìवपूृर्ण हुने नै भयो । त्यस सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले नयाँ आधार वर्ष केही दिन अघि मात्र सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभाग देशको तथ्याङ्कको उत्पादन, वितरण र विश्लेषण गर्ने आधिकारिक निकाय त हुँदै हो । सँगसँगै राष्ट्रिय जनगणना २०७८ को तयारी भइरहँदा आएको नयाँ आधार वर्षले मुलुक समकालीन अर्थतन्त्रको दिशालाई समेत प्रतिविम्बित गरेको छ । अर्थतन्त्रको नयाँ आकार पनि सुस्पष्ट भएको छ तर अर्थतन्त्रका नयाँ चुनौती पनि सामुन्ने ल्याएको छ । नयाँ आधार वर्ष २०१०।११ का आधारमा देशको कुल गार्हस्थ उत्पादनको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रहेको देखिएको छ । यस अघि २००१।०१ लाई आधार मानेर गरिएको अर्थतन्त्रको आधारमा बढी वास्तविकता झल्किएको विश्लेषकहरूको दाबी पनि छ । अघिल्लो आधार वर्ष २००१।०१ को तुलनामा अर्थतन्त्रको बढोत्तरी भएको देखिएको हो । साबिकको मापनभन्दा नयाँ आधार वर्षमा उत्पादन क्षेत्रमा २०.२७ प्रतिशतले अर्थतन्त्रको आकार बढेको पाइएको छ । तर उत्पादनलाई उपभोगले अझ बढी उछिनेको छ । विप्रेषण आयको ठूलो हिस्सा उपभोगमै खर्च हुन थालेका कारण मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशतले बढेको पाइएको छ । यसैगरी कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक प्रभाव परी अर्थतन्त्रको आकार १४.०४ प्रतिशतले बढेर ३९ खर्बभन्दा माथि पुगेको देखिएको हो । नेपालमा राष्ट्रिय लेखामानको इतिहास धेरै लामो छैन । यो पाँचौँ आधार वर्ष हो । नेपालले छ दशक अघि १९६४।६५ मा पहिलो आधार वर्ष मानेको थियो । संयुक्त राष्ट्र सङ्घीय तथ्याङ्क आयोगले कम्तीमा पाँचदेखि बढीमा दश वर्षको अन्तरमा आधार वर्ष परिवर्तन गर्ने मापदण्ड बनाएको छ । त्यसैअनुसार नेपालले दश वर्षमा आधार वर्ष परिवर्तन गर्ने परम्परा बसालेको छ । दश–दश वर्षमा आधार वर्ष परिवर्तन गर्ने पद्धति अवलम्बन गरेका कारण योभन्दा अघि चार पटक आधार वर्ष परिवर्तन गरेको थियो । यसक्रममा तथ्याङ्कमा बढी शुद्धता ल्याउने प्रयास गरेको देखिन्छ ।