सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै आक्रोशित बनेका विभिन्न राजनीतिक दलको प्रदर्शनले बुधबार राजधानीको बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन, राप्रपाको भ्रातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका साथै ५ वटा साना कम्युनिस्ट पार्टी समेतको छुट्टाछुट्टै प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । प्रतिनिधिसभामा एमसीसी टेबुल नगर्न दवाव दिँदै भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा झडपको स्थि