प्रदर्शनकारीले ब्यारिकेड तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, बानेश्वर क्षेत्र तनावग्रस्त

एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । जसले गर्दा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिरहेको छ ।

सम्बन्धित सामग्री

बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताविरुद्ध विरोध प्रदर्शन चर्किएसँगै बिहीबार प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडिसकेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा राखेका ब्यारिकेड र काँडेतार सारेका छन् ।