नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

सम्बन्धित सामग्री

एमसिसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभामा एमसिसीमाथि छलफल भइरहँदा बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फहोरा र अश्रुग्यास प्रहार समेत गरेको छ। एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था आउँदा...

बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शन अझै जारी (तस्बिरहरू)

काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर केही पत्रकारसमेत घाइते भएका छन् । तस्बिरहरू : अभिषेम महर्जन/बाह्रखरी