दोधारा चाँदनी : कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। श्रीमतीसहित उनी सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो।
नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु…