जीविकोपार्जनका लागि महाकालीको बगरमा बास

कञ्चनपुर : बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको ९ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। दम्पती नै नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भयो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिका लागि खर्चको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु। यहाँ आउन थालेको आठ वर्ष भयो’, उनले भने, ‘भारत गएर काम गर्न सकेनौँ। यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ।’ उनले महाकाली नदीको बालुवा&ndash