महाकालीमा बालुवा छानेर जीविका धान्नेका पीडा : ‘नछाने भोकै बस्नुपर्छ’

वेदकोट : गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्।उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग। कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन्।भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकालीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। नदी तट