गुल्मी : धुर्कोट गाउँपालिका ५ वस्तुकी चार वर्षीया झरना भण्डारी चिटिक्क परेर सबेरै विद्यालय आउँछिन्। मनोरञ्जनात्मक शैलीमा सिक्छिन्, खेल्छिन्, अनी निद्रा लागे सुत्छिन्। झरनाजस्तै यहाँका धेरै बालबालिकाको दैनिकी एउटै छ।
विद्यालयको आगँनीभरी बालबालिका। चिटिक्क विद्यालय। प्रांगणमा सुन्दर बगैँचा। कलात्मक कोठामा फम र कार्पेटसहितको सहज ब...