बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

कञ्चनपुर, २८ फागुन । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो । बालविकास तहको पाठयक्रमका विषयवस्तुबारे जानकारीसँगै घरमा प्रयोग भइसकेका पुराना कपडा, चेप्टा ढुङ्गा, बाँसका छेस्का, काँटी, गेडागुडी, बालविकास […]