काठमाडौं : इटहरी उपमहानगरपालिकाले बाललविकास केन्द्रका ८४ जना बालवालिकालाई कपडा वितरण गरेको छ।वडा नम्बर १७ मा रहेको लोकतान्त्रिक बालविकास केन्द्र र वडा नम्ब १६ मा रहेको श्रृजनशील बालविकास केन्द्रका बालवालिकालाई उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कपडा वितरण गरेकी हुन्।सरस्वती पूजाको अवसर पारेर आइतवार र सोमवार कपडा वितरण गरिएको हो। विपन्न परिवारका बालवालिकालाई कपडा वितरण गरेको उपप्रमुख गौतमले बताइन्।