काठमाडौं : काठमाडौं महानगरपालिकाको निर्देशनपछि धमाधम निजी (संस्थागत) विद्यालयहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी नामावलीसहितको विवरण महानगरमा पठाउने गरेका छन्। महानगरपालिकाको शिक्षा विभागका अनुसार छात्रवृत्ति वितरणको विवरण दैनिक आउने गरेको छ।महानगरपालिकाले बारम्बार छात्रवृत्ति वितरणको लागि ताकेता गरे पनि अटेर गरेपछि गत मंगलबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो। महानगरपालिकाले निजी विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मक