भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ती विद्यालयका २४० विद्यार्थील