भरतपुर महानगर- ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको छ ।  महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा विद्यालयका २४० जना विद्यार्थीका हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैक मार्फत बिद्यालयको खातामा पठा