सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पूर्वी भेगतर्फ जाने आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन् ।