सुर्खेत : सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको आरोपपछि छानबिन समिति गठन गरिएको छ। कालिकोट तिलागुफा नगरपालिकाका युवक कृष्ण हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्ले विरोध प्रदर्शन गरेपछि वीरेन्द्रनगर तनावग्रस्त छ। तनाव साम्य पारि समाधान गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। प्रशासनले एक अपिल जारी गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको स