पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा बुधबार सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि गृह मन्त्रालयले बिहीबार छानबिन समिति गठन गरेको छ । नेपाल–भारत सीमावर्ती नाकामा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका–६ का २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको हो ।