सर्लाहीको ईश्वरपुरमा गत आइतवार प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बिहीबार प्रदेश २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।