जब योगीलाई मोदीले अंकमाल गरे

एजेन्सी, ५ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धर्मका मामलामा कट्टर मानिन्छन् । राजनीतिमा छिट्टै ठूलो उचाई बनाएका योगीलाई कतिपयले मोदीको उत्तराधिकारीका रुपमा पनि लिन्छन् । मोदीका प्रीय भएकैले योगीले उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाए । अब उनी फेरि मुख्यमन्त्री बन्न चुनावी तयारीमा छन् । योगीले आज ट्वीटरमा […]

सम्बन्धित सामग्री

युक्रेनमा जेलेन्स्कीसँग माेदीकाे अंकमाल, रुससँगकाे युद्धबारे के भने ?

भारतका प्रधानमन्त्री नरेन्द्र माेदी र युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेल्नेस्कीबीच युक्रेनमा भेटवार्ता भएकाे छ । भेटका क्रममा दुवै नेताले अंकमाल गरे । उनीहरूले रुसी मिसाइल आक्रमणमा बालबालिकाहरू मारिएको ठाउँको पनि अवलाेकन गरेका बीबीसीले जनाएकाे छ । मोदीले सामाजिक सञ्जाल एक्समार्फत मृतक बालबालिकाका परिवारलाई क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेकाे जानकारी दिएका छन्...

जितपछि ओलीको अँगालोमा सुहाङ, इलाममा एमालेको विजय सभा हुँदै (तस्बिरहरू)

निर्वाचन परिणामलगत्तै इलाम पुगेका ओलीले सुहाङलाई बधाई तथा शुभकामनासहित अंकमाल गरे । सुहाङले ढोगेर आशीर्वाद मागे ।

राप्रपाको चियापानमा कमल थापा पुग्दा

२७ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अंकमाल गर्दै स्वागत गरे । थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युताएका थिए । राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत […]

नयाँ मुख्यमन्त्री खगराजलाई अंकमाल गर्दै निवर्तमान बने कृष्णचन्द्र

पर्वत : सामान्यतया आफू आसीन पद फरक व्यक्तिले प्राप्त गर्दा भित्रिने र बाहिरिनेबीच आत्मीयता नदेखिन सक्छ। राजनीति गर्नेहरूले त यसलाई झनै असहज ठान्छन्। तर गण्डकी प्रदेशमा सोमबार अलि फरक दृश्य देखियो। साँझदेखि निवर्तमान बनेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मुख्यमन्त्री खगराज अधिकारीबीचको सौहार्दता राम्रै देखियो। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका उनीहरूले शपथ ग्रहणपछि एक अर्कालाई अंकमाल गरे। नेपालीले अधिकारीलाई मुस्कान सहित स्वागत गर्द

यसरी मनाइयाे बकर इद (फाेटाे फिचर)

काठमाडाैँ –  आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) धुमधामका साथ मनाइँदै छ। यसैक्रममा काठमाडाैँस्थित टुँडिखेलमा मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। आइतबार बिहान टुँडिखेलमा मुसलमान समुदायले सामूहिक नमाज (प्रार्थना) गरे। उनीहरुले नमाजपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान-प्रदान गरे। महिला र पुरुष दुवैले समूह बनाई नमाज पढेका थिए। आज देशभरका मस्जिदमा […]

रोनाल्डिन्हो र मेस्सीको पुनर्मिलन

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलबार पेरिस सेन्ट जर्मेन (पिएसजी) र आरबी लिप्जिङबीचको खेल हुने क्रममा थियो । खेलका लागि लिओनल मेस्सी मैदानमा वाम अर्प गरिरहेका थिए । त्यहि बीचमा उनका पूर्व सहकर्मी रोनाल्डिन्हो त्यहाँ पुग्छन् । एकअर्कालाई देख्दा दुवै खुसी भएर अंकमाल गरे । ब्राजिलियन महान खेलाडीमध्येका एक रोनाल्डिन्होले पनि बार्सिलोनाबाट खेल्नुअघि फ्रान्सेली क्लब पिएसजीबाट […]

स्पेस स्टेसन पुगेका अन्तरिक्ष यात्रीको भव्य स्वागत, आज फर्किँदै छन् चार यात्री

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो क्रु ड्रागन स्पेसक्राफ्टमार्फत् चारजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पुर्यायो । यी चारैजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पहिलादेखि रहेका अन्तरिक्ष यात्रीले हात मिलाएर तथा अंकमाल गरेर स्वागत गरेका थिए । यस  भेटघाटको तस्बिर तथा भिडियो प्रकाशित हुँदा अनेक थरीका मानिसले प्रश्न गरे ।पृथ्वीमा कोरोनाका कारण मानिसहरु हात मिलाउन तथा अंकमाल गर्न डराइरहेका बेला उनीहरुले चाँही किन अंकमाल गरे ? पृथ्वीमा महामारी भएको बेला  सामाजिक दुरी कायम गर्ने प्रचलन

उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल

उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच यस वर्षको तेस्रो भेटघाटका क्रममा मुन तीन दिने भेटघाटको लागि उत्तर कोरियाको प्योङयाङ पुगेका हुन् । कोरिया प्रायद्विपमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ उनीहरुको भेटघाट भएको छ । म...

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

पाँचथरको दबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।