भारतका प्रधानमन्त्री नरेन्द्र माेदी र युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेल्नेस्कीबीच युक्रेनमा भेटवार्ता भएकाे छ । भेटका क्रममा दुवै नेताले अंकमाल गरे । उनीहरूले रुसी मिसाइल आक्रमणमा बालबालिकाहरू मारिएको ठाउँको पनि अवलाेकन गरेका बीबीसीले जनाएकाे छ । मोदीले सामाजिक सञ्जाल एक्समार्फत मृतक बालबालिकाका परिवारलाई क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेकाे जानकारी दिएका छन्...