पर्वत : सामान्यतया आफू आसीन पद फरक व्यक्तिले प्राप्त गर्दा भित्रिने र बाहिरिनेबीच आत्मीयता नदेखिन सक्छ। राजनीति गर्नेहरूले त यसलाई झनै असहज ठान्छन्। तर गण्डकी प्रदेशमा सोमबार अलि फरक दृश्य देखियो। साँझदेखि निवर्तमान बनेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मुख्यमन्त्री खगराज अधिकारीबीचको सौहार्दता राम्रै देखियो। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका उनीहरूले शपथ ग्रहणपछि एक अर्कालाई अंकमाल गरे। नेपालीले अधिकारीलाई मुस्कान सहित स्वागत गर्द