काठमाडौं : त्रिभुवन विमानस्थलहुँदै शुक्रबार नेपालगन्ज पुगेर प्रहरीले बरामद गरेको चार किलो बढी सुनको छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ।उक्त सुन विमानस्थलबाट कसरी बाहिरियो भन्ने बारेमा छानबिनका लागि नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले गुरुङको नेतृत्वमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस