काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने […]
बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा दाङमा एउटा टिप्परमा आगजनी भएको छ। जिल्लाको घोराही-लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आज बिहानै आगजनी भएको हो।
जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश…
दाङ - दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।
बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् ।
बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
शेयर लगानीकर्ताहरुका विभिन्न ९ वटा संघ संगठनले आन्दोलनका थप कार्यक्रम तय गरेका छन् । ९ वटा संघ संगठनको आज बसेको संयुक्त बैठकले आन्दोलनका आगामी कार्यक्रम तय गरेको हो । जस अनुसार पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आफ्नो पूर्व घोषणा अनुसार नै लगानीकर्ताहरुको तर्फबाट १९ बुँदे माग पुरा गराउनको लागि असार १ गते बिहान ११ बजेदेखि धितोपत्र बोर्डमा अनसन बस्ने भएका छन् । त्यस्तै आजको बैठकले अनसनको ब्यबस्थापनको लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । जस अनुसार आर्थिक उपसमितिको संयोजकमा पवित्र निरौला खरेल, ब्यबस्थापन उपसमितिको संयोजकमा दिपेन्द्र अग्रवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा रोहन कार्की र मिडिया संयोजन उपसमितिको संयोजकमा एसपी चौलागाई रहेका छन् । उपसमितिका संयोजकहरुले अन्य सदस्य आफैले चयन गर्ने छन् ।त्यस्तै बैठकले अनसन बस्ने क्रममा वार्ता समिति गठन गर्ने, र सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी संयोजक तिलक कोइरालालाई नै दिने निर्णय गरेको छ । बैठकले यस आन्दोलन निर्णायक भएकोले सबै लगानीकर्तालाई सक्रिय सहभागिता जनाउन र आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न अपिल गरेको छ । आजको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका तर्फबाट सदस्य विष्णु बस्याल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे , नेपाल स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल , स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष सुशील लुनिया लगायत थिए । के के छन् माग ?१. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा
एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ । यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । बन्दकर्ताले सुकेधारामा दू
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ ।
उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् ।
काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् ।
यद्यपी केही निजी सवारी साधन भने चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिए ।
रात्रि बसहरू काठमाडौँ भित्रिरहेपनि उपत्यकामा चल्ने यात्रु बसहरू चलेका छैनन् ।
...
बसले स्कुटरमा सवार एक महिलालाई ठक्कर दिएपछि ललितपुरको जावलाखेल चोक तनाव ग्रस्त बनेको छ ।
सोमवार दिउँसो बा २ ख ३५७४ नम्बरको गाडीले प्रदेश ३ ०२ ०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट चिन्ताजनक अवस्थामा रहेकी अल्का अस्पताल पुर्याइएको महानगरीय प्रहरी प्रभाव ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले लोकान्तरलाई जानकारी दिए ।
घटनापछि स्थानीयले जावलाखेलमा विरोध प्रदर्शन गरेका छन् । जावलाखेल चोक तनावग्रस्त छ ।
२० मंसिर, सप्तरी । बिहीवार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई प्रभाव पार्ने योजना बनाएको आरोपमा प्रहरीले तीन जना भारतीयसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।
निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन बिरोधी गतिविधी गर्ने उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार …