सामाजिक सुरक्षामा ४५ सय रोजगारदाता, ३५ हजार श्रमिक

चालू आर्थिक वर्षबाट पूर्ण रूपमा लागू भएको सामाजिक सुरक्षा योजनामा ४ हजार ५ सय रोजगारदाता (प्रतिष्ठान) र ३५ हजार ५ सय श्रमिक सूचीकरण भएका छन् ।सामाजिक सुरक्षा कोषले साउनबाट दर्ता सुरु गरेसँगै एक महिना अवधिमा साढे ४ हजार प्रतिष्ठानकासाढे ३५ हजार श्रमिक दर्ता भएको जनाएको छ । कोषले योजनामा बढीभन्दा बढी योगदानकर्ताको सहभागिता गराउन साउनदेखि नै विभिन्न जानकारीमूलक कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित सामग्री

सबै श्रमिक सामाजिक सुरक्षा छाताभित्र

काठमाडौं– सरकारले लामो गृहकार्यपछि सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटेको छ । औपचारिक क्षेत्रका श्रमिक योजनामा आवद्ध भएको ४ वर्षपछि अरु श्रमिक पनि यसमा समावेश भएका हुन् । सामाजिक सुरक्षा कोषले बुधबार कार्यक्रम आयोजना गरी अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई योजनामा समावेश गरिएको जानकारी दिएको छ । यसअघि औपचारिक तथा वैदेशिक रोजगारीमा रहेका […]

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा श्रमिक समेट्न सकिएन

काठमाडौं, वैशाख २६ । सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने भनेको छ । अनौपचारिक क्षेत्रका श्रमिक समेट्न कार्यविधिसमेत आएको छ तर पनि कार्यान्वयनमा आउन सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारले युुगको सुुरुवात भन्दै औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषको योजनामा आबद्ध गर्यो । अनौपचारिक क्षेत्रका श्रमिकलाई […]

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले आउँदो बुधबार श्रमिकहरुको सूचीकरण शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री प्रचण्डद्वारा काठमाण्डौको राष्ट्रिय सभागृहमा सूचीकरण कार्यक्रमको उद्घाटन गरिने कोषले जनाएको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुल...

सामाजिक सुरक्षा कोष : ८२ लाख श्रमिकलाई आबद्ध गराउने योजना अघि बढ्यो

वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक र स्वरोजगार श्रमिक समेत सामाजिक सुरक्षा योजनामा आबद्ध हुन पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा योजना आबद्ध गराउन कार्यविधि ल्याएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको छ । ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ र ‘वैदेशिक रोजगारमा रह

वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक रुपमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि […]

सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध

हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम २०७६ साउनदेखि सुरु भएको हो

सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट सापटी रकम पाउने भएका छन् । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा पाउने भएका हुन् ।सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी […]

सामाजिक सुरक्षा  करको रकम कहाँ छ ?

सामाजिक सुरक्षा करका नाममा सरकारले विगत एक दशकदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिकबाट एक प्रतिशतका दरले रकम उठाइरहेको छ । सरकारले करको सामान्य सिद्धान्तभन्दा बाहिर गएर आर्थिक वर्ष ०६६/६७ बाट सामाजिक...