काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगार रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा जोड्न सूचीकरण गरिने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले आउँदो बुधबार श्रमिकहरुको सूचीकरण शुभारम्भ कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री प्रचण्डद्वारा काठमाण्डौको राष्ट्रिय सभागृहमा सूचीकरण कार्यक्रमको उद्घाटन गरिने कोषले जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुल...