सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ ।
यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छ...