काठमाडौं : सरकारले दशैंतिहार लक्षित सहुलियत पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार बैठक बसी पसल सञ्चालनको निर्णय गरेको जनाएको छ। दशै, तिहार र छठ लक्षित गरी सञ्चालन गरिने सहुलियत पसल देशका ३९ ठाउँमा सञ्चालन गरिने छ। जसमा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रतिकेजी सिमी फापरमा १० रुपैयाँ छुटमा बिक्री गरिने छ। त्यस्तै देशका विभिन्न ठाउँमा प्रतिकेजी नूनमा २ रूपैयाँ, प्रतिकेजी चिनीमा ५ रूपैयाँ, खसीबोकामा प्रतिकेजी १