काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् । नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् । […]