इङ्ग्ल्याण्डलाई हराउँदै इटली युरो कपको च्याम्पियन

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई हराउँदै इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो। खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो…

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियन इटली कतार विश्वकपमा छनोट हुन असफल

कतार विश्वकप २०२२ का लागि छनोट हुन युरो कप विजेतासमेत रहेको इटली असफल भएको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोरेसँगै इटली विश्वकपमा छनोट हुने होडबाट बाहिरिएको हो। इटलीको पाल्मेरास्थित रेन्जो बारबेरा स्टेडियममा गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियाले इटलीलाई हराउँदै आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ। गएराति सम्पन्न खेलमा नर्थ…

इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली बन्यो युरो कप च्याम्पियन

काठमाण्डौ - इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो । यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए । इङ्ल्यान्ड पहिलो पटक ...

युरो कपको उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो । इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेस...

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

काठमाण्डाै - बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक/एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो  जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।  स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल ...

युरो कप : अस्ट्रियालाई हराउँदै इटली क्वार्टर फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए । यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने...

अस्ट्रियामाथि जित निकाल्दै इटली क्वाटरफाइनलमा

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रियामाथि २-१ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयसम्म खेल बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयसम्म पुगेको थियो। जसमा फेडेरिको किएजाले इटलीलाई अग्रता बनाए। उनले खेलको ९५ औं मिनेटमा गोल…

युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।  जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।