काठमाण्डाै - बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो ।
इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक/एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल ...