युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

काठमाण्डाै - युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।  खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९...