युरो कपको उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो । इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेस...

सम्बन्धित सामग्री

यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित इङ्ग्ल्यान्ड रेलिगेसनमा

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ । समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इटलीसँग हारेपछि इङ्ग्ल्यान्ड लिग ‘ए’ बाट लिग ‘बी’ मा घटुवा भएको छ । यो समूहको अर्को खेलमा हङ्गेरी जर्मनीलाई १–० ले हराउँदै शीर्ष स्थानमा छ । हङ्गेरी १० अङ्ककासाथ शीर्षस्थानमा, इटली ८ अङ्ककासाथ दोस्रो, जर्...

यूईएफए नेसन्स लिग : जर्मनीले इटलीलाई हरायो, इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५–२ गोलले हराएको हो । जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे । त्यस्तै जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले एक/एक गोल गरे । इटलीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले गोल गरे । जितसँगै जर्मनी लिग ‘ए’ समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अङ्क जोडेको छ । इटली ५ अङ्ककासाथ तेस्रो स्थानमा छ । यस्तै अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १–० गोलले हराएको छ । बेल्जिय...

नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ । त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास...

युरो कपको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दै

काठमाण्डाै - युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज राति इटली र स्पेन खेल्दैछन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल भोलि राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पेनले क्वार्टर फाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।