स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

काठमाण्डाै - इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्पेन ४-२ गोलले पराजित भयो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अ...

सम्बन्धित सामग्री

युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो । एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को […]

अन्तिम खेलमा ५ गोल गर्दै स्पेन दोस्रो चरणमा, स्विडेन पनि अगाडि बढ्यो

समूहको अन्तिम खेलमा बुधबार स्लोभाकियालाई ५-० गोलले पराजित गर्दै स्पेन   युरो कप फुटबल २०२० को दोस्रो चरण पुगेको छ। स्पेनको फराकिलो जितमा पाब्लो सराबिया, फेरान टोरेस र अल्भारो आयमेरिक लापर्टेले गोल गरे। दुई गोल स्लोभाकियाबाट आत्मघाती भएको थियो। अघिल्ला दुवै खेल बराबरीमा रोकिएपछि दबाबमा देखिएको स्पेनले ३० औँ मिनेटमा अग्रता लिएको थियो। स्लोभाकियाका गोलकिपर मार्टिन […]