१० पुस, काठमाडौं । सरकारले समयमै प्रविधिबारे निर्णय लिन नसक्दा काठमाडौंमा मेट्रो रेल अध्ययनबारेको विस्तृत अध्ययन अलपत्र परेको छ । रेल विभागले महाराजगञ्जबाट रत्नपार्क हुँदै सातदोबाटोसम्म सडकमाथि ‘एलिभेटेड’ (झुण्ड्याएको) रेल’ चलाउनेबारे प्रारम्भिक अध्ययन गरेपछि विस्तृत अध्ययन अघि बढाउन अन्योल भएको हो । करिब एक वर्षअघि नै परामर्शदाता कम्पनीले भने एलिभेटेड मेट्रो चलाउन नसकिने निष्कर्ष सरकारलाई […]